ट्रेन्डिङ

वीरगन्जमा निकालिएको शोभायात्रामा धार्मिक सदभाव बिथोल्ने चारजना पक्राउ

वीरगन्ज । वीरगन्जमा निकालियो शोभायात्रामा धार्मिक सदभाव बिथोल्ने चारजना पक्राउ परेका छन् ।

चार दिन अगाडि हनुमान ज्यन्तीको अवसरमा निकालियो शोभायात्रमा उच्छृङखल गतिविधि गर्दै धार्मिक सदभाव बिथोल्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा चारैजनालाइ पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

उनका अनुसार प्रहरीबाट खटिएको विशेष टोलीले विभिन्न ठाउँबाट चारैजनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले मंगलबार साँझ वीरगन्जको छपकैयासहित विभिन्न ठाउँबाट ४ जनालाई पक्राउ गरेको जनाइएको छ । शोभायात्रामा उच्छृङखल गतिविधि गरेका व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्न विशेष टोली खटाइएको थियो ।

लगातारको निगरानीले सबैजनालाई घटना भएको चार दिनमै पक्राउ गर्न सफलता मिलेको प्रहरी दाबी छ । पक्राउ परेकाहरुसंग विशेष अनुसन्धान चलिरहेकोले प्रहरीले विवरण खुलाउन चाहेको छैन ।

प्रहरी स्रोतका अनुसार शोभायात्रामा उच्छृङखल गतिविधि गर्ने दुइजना र मुस्लिम समुदायबाट दुइजना गरी चार जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै