ट्रेन्डिङ

क्रिकेटर पूजा महतो गौशाला नगरपालिकाको मानार्थ अधिकृतमा नियुक्त

महोत्तरी । गौशाला नगरपालिकाले नेपाली महिला क्रिकेट टोलीकी अलराउन्डर पूजा महतोलाई नगरपालिकाको मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरेको छ । अन्डर–१९ क्रिकेट टोलीकी कप्तानसमेत रहेकी प्रभावशाली खेलाडी पूजालाई नगरपालिकाले मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरेको हो । सोही नगरपालिका वडा नं. ९ निवासी पूजा देश र जिल्ला कै शान रहेको भन्दै सम्मानस्वरुप उनलाई खेलकुद अधिकृतमा नियुक्त गरिएको हो ।

नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा मानार्थ खेलकुद अधिकृत पद सृजना गरि उनलाई अधिकृतस्तर छैठौं श्रेणीअनुसारको पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको हो । सो निर्णयलाई नगरपालिकाले युवा प्रतिभाको सम्मान, महिलालाई खेलमा प्रोत्साहन र प्रेरणाका रूपमा व्याख्या गरेको छ ।

नगरपालिकाले अन्य खेलाडीहरूका लागि पनि पुरस्कार, छात्रवृत्ति तथा विशेष सहयोग कार्यक्रम ल्याउने तयारी गरिरहेको बताइएको नगरपालिकाकी उपमेयर रेनु कुमारी महतोले बताइन् ।
नगरपालिकाले पूजालाई गरेको नियुक्तिको सामाजिक सञ्जालमा व्यापक समर्थन र प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै