ट्रेन्डिङ

नेपाल चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम, माग सम्बोधन नभए आन्दोलनमा उत्रिने घोषणा

केके हुन माग ?

काठमाण्डौँ । आवासीय चिकित्सकको विषयलाई लिएर नेपाल चिकित्सक संघले दुई बुँदे माग राखी ७२ घण्टे अल्टिमेटम दिएको छ ।

चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) को सिट र निर्वाह भत्ता विवादको समाधानका लागि कतैबाट पहल नभएको गुनासो चिकित्सक संघको छ ।

आयोगको १७औँ बैठकबाट पीजीमा थपिएको सिट संख्या नघटाई म्याचिङ प्रक्रिया अघि बढाउनु पर्ने माग संघको छ । संघको अर्को मागमा हाल पीजी अध्ययनरत चिकित्सक र अब अध्ययन गर्ने आवासीय चिकित्सक सबैले आठौं तह बराबारको निर्वाह भत्ता तत्काल पाउनु पर्ने रहेको छ ।

यो माग ७२ घण्टा अर्थात ३ दिनभित्र सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा उत्रिन देशभरका चिकित्सकलाई चिकित्सक संघले आह्वान गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै