Close This

ट्रेन्डिङ

कांग्रेस सभापति देउवा बीरगन्जमा को–को संग गर्दैछन् राजनीतिक भेटघाट ?

बीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बीरगन्जमा राजनीतिक भेटघाटमा व्यस्त छन् । मंगलबार राजधानीबाट दुइवटा कार्यक्रमको उद्घाटनका लागि बीरगन्ज आइपुगेका कांग्रेस सभापति देउवा बुधबार भने मधेशका ‘टप लिडर’संग भेटघाट गरिरहेका छन् ।

मधेश प्रदेश कांग्रेस समितिका अनुसार उनी विहानैदेखि प्रदेशभरिका ‘टप लिडर’ संग भेटघाट गरिरहेका छन् । त्यसका लागि प्रत्येक जिल्लाको सभापतिसंग भेटघाट गर्ने समय तालिका नै छुट्याइएको छ ।

मधेश प्रदेश कांग्रेस समितिले पूर्वप्रधानमन्त्री देउवासंगको सल्लाहमा हरेक जिल्लाको सभापतिलाई भेट्ने समय तोकिदिएको छ ।

पर्सादेखि जनकपुर तथा सप्तरीसम्म गरी ८ वटै जिल्लाका सभापति तथा नेता÷कार्यकर्ता पहिलोचरणमा भेटघाटको कार्यक्रम भइरहेको छ । विहान ९ बजेदेखि सुरु गरिएको भेटघाट कार्यक्रम साढे ३ बजेसम्म चल्नेछ ।

त्यसपछि आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन गरेर कांग्रेस सभापति देउवा साँझ राजधानी फर्किने तालिका रहेको मधेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जनाए ।

उनका अनुसार पहिलोचरणमा जिल्लाको नेतृत्वसंग राजनीतिक भेटघाट भइसकेपछि देउवाले प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसंग भेटघाट गर्ने तालिका छ ।

यो भेटघाटपछि संसदीय दलका नेता एवम प्रदेश सांसदहरुसंगको उनको भेटघाटको कार्यतालिका रहेको कांग्रेस मधेश प्रदेशले जानकारी दिएको छ ।

त्यसपछि अन्तिम प्रदेश पदाधिकारीहरुसंग भेटघाट गरेर आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन कार्यतालिका रहेको पर्सा कांग्रेसले जानकारी दिएको छ ।

बीरगन्जमा एक रात बास बसेका सभापति देउवाको दुइ औपचारिकबाहेक राजनीतिक भेटघाट कार्यक्रम जारी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै