ट्रेन्डिङ

पर्सा प्रशासनद्वारा विशेष पास विना सवारी आवागमनमा रोक

वीरगन्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले विशेष परिस्थितिमा मात्रै सवारी आवागमन गर्न पाइने गरी कडाइ गरेको छ।

जिल्ला प्रशासनले आज एक सूचना जारी गर्दै वैशाख ३० गते राति ८:३० बजेदेखि वैशाख ३१ गते बिहान ११ बजेसम्मको लागि निषेधाज्ञा जस्तै आदेश लागू गरेको जनाएको छ।

प्रशासनको आदेश अनुसार अत्यावश्यक सेवामा प्रयोग हुने एम्बुलेन्स, स्वास्थ्यकर्मी, दुग्ध संकलन तथा ढुवानी, प्रेस, पूर्व अनुमति प्राप्त परीक्षा प्रवेशपत्र बोकेका परीक्षार्थी र अन्य विशेष स्वीकृति प्राप्त सवारी साधनबाहेक अन्य सवारी साधनहरूलाई सवारी पास विना चल्न नदिइने स्पष्ट गरिएको छ।

सूचनामा भनिएको छ, “जिल्ला प्रशासन कार्यालय वा नजिकको सुरक्षानिकायमा सम्पर्क गरी कार्यालयको स्वीकृति लिएर मात्र अत्यावश्यक अवस्थामा सवारी चलाउन पाइनेछ।”

यस निर्णयको पालना नगर्नेहरूलाई कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।

नागरिकले थप जानकारीका लागि निम्न अधिकारीहरूसँग सम्पर्क गर्न सकिनेछ:

1. सुमन कुमार कार्की – 9855001051

2. किशोर लम्साल – 9855028285

3. देवेन्द्र बहादुर सिंह – 9841146031

4. दीपक कुमार पटेल – 9845850548

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै