साइप्रस । वीरगन्जको चार वटा क्षेत्रमा कर्फ्यू जारी गरिएको छ ।
दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू जारी गरेको बताए ।
स्थानीय प्रशासन ऐेन २०२८ को दफा ६ (क) बमोजिम वीरगन्जको चार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको उनको भनाइ छ ।
उनका अनुसार पूर्वमा वीरगन्ज-१५ भेडियाही चोकदेखि पश्चिममा वीरगन्ज-२५ सिर्सिया पुल, उत्तरमा वीरगन्ज-१४ गण्डक चोक र दक्षिणमा वीरगन्ज-१६ शंकराचार्य गेटसम्म कर्फ्यू लगाईएको हो ।
सो अवधिमा तोकिएको स्थानमा आवातजात, कुनै पनि प्रकारको भेला, जुलुस, सभा, प्रदर्शन, बैठक, घेराउ आदि गर्न नपाइने जनाइएको छ ।