ट्रेन्डिङ

फरार अभियुक्तहरू एकैदिन पक्राउ, विभिन्न मुद्दामा सजाय भोग्नुपर्ने

जनकपुर । फरार अवस्थामा रहेका विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका पाँच जना अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ।

धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई अदालतको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीले धनुषा जिल्ला अदालतको परमादेशअनुसार फरार अभियुक्तहरूको खोजी तीव्र पारेको थियो।

यही वैशाख २९ गते विभिन्न स्थानबाट विशेष प्रहरी टोलीले ती पाँच जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ।

पक्राउ परेका अभियुक्तहरूमध्ये एक जनामाथि ६ महिनाको कैद, बाँकी चार जना भने कुटपिट र लुटपाटसम्बन्धी मुद्दामा सजाय तोकिएको थियो।

दुई जनालाई रु ३०० सय  जरिवाना, एक जनालाई २० हजार अर्को एक जनालाई पनि २० हजार जरिवाना तोकिएको थियो।

पक्राउ परेका सबै अभियुक्तलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

धनुषा प्रहरी प्रवक्ता अनुसार, फरार अभियुक्तलाई खोजी गरी पक्राउ गर्ने अभियान निरन्तर चल्ने छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै