ट्रेन्डिङ

नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगन्जमा ‘रात्रि बजार’, के-के छन सुविधा ?

वीरगन्ज । नेपाली नयाँ वर्षको अवसरमा वीरगन्जमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ ।

वीरगन्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा शुक्रबार (हिजो) देखि सुरू भएको रात्रि बजार चैत ३१ गतेसम्म रात्रि बजार सञ्चालन ल्याइएको हो ।

महानगरका प्रमुख राजेशमान सिंहले विगतमा वर्षमा जस्तै यस वर्ष पनि महानगरको अर्थतन्त्र र बजारलाई चलायमान गराउनको लागि रात्रि बजार आयोजना ल्याइएको बताए ।

“ कम्तीमा अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौं”, उनले भने, “रात्रिबजारमा वीरगन्जवासी तथा सीमावर्ती सहर रक्सौलवासीलाई रात्रिबजारमा सहभागी हुनका लागि अनुरोध गर्दछु ।”

रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायत सरसामानका स्टल राखिएको छ ।

त्यसको साथसाथै स्थानीय कलाकारको बेजोड साङ्गितिक प्रस्तुतसमेत रहने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै