जनकपुर । भारतबाट दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ ।
भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको बताइन्छ ।
तीनकुने घटनाका मुख्य योजनाकार मानिएका प्रसाईंलाई अब विमानमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा प्रसाईं माथि अनुसन्धान भइरहेको थियो ।
सो घटनापछि दुई जनाको मृत्यु भएको थियो, र त्यसपछिप्रसाईं भारत फरार भएका थिए।
सुरुमा उत्तराखण्डमा रहेको भनिएका उनी त्यहाँबाट भागेर आसाम पुगेका थिए ।
प्रसाईंको खोजीमा नेपाल प्रहरीले विशेष टोली उत्तराखण्ड पठाएको थियो ।
लोकेसन ट्र्याकिङको आधारमा खोजी गर्दा प्रहरी पुग्नुअघि नै उनले सूचना पाएर त्यहाँबाट भागेका थिए ।
तथापि, अपराध महाशाखाका टोलीले उनलाई आसाममा पक्राउ गर्न सफल भयो ।