ट्रेन्डिङ

सर्लाहीमा शंकास्पद सामानसहित ट्रक नियन्त्रणमा, १२ लाख बढीको सामान लोड रहेको अनुमान

सर्लाही । सर्लाही प्रहरीले आज  बिल बिजक शंकास्पद रहेको कबाड सामग्री बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले सर्लाही–बागमती नगरपालिका वडा नम्बर – ११ को पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खण्डमा जाँचको क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

सर्लाहीबाट बिनौलीतर्फ गइरहेको ना ६ ख ७८५४ नम्बरको ट्रकलाई रोक्दा ट्रकमा लोड सामानको बिल तथा कागजात शंकास्पद पाइएपछि उक्त ट्रक नियन्त्रणमा लिइएको सर्लाही प्रहरी प्रवक्ता सरोज राइले बताए ।

उनका अनुसार ट्रकमा करिब १२ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको कबाड सामग्री लोड गरिएको अनुमान गरिएको छ ।

ट्रक तथा सामान आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा पठाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै