वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित तीन जनालाइ नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ पैदल जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैको सडकखण्डबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार प्रहरीको टोलीले पर्सा जिल्ला पर्सागढी नगरपालिका–३ झबराहाका २९ वर्षीय पंचलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जनलाइ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले शंकास्पद रुपमा भारत रक्सौलतर्फ जाँदै गरेका तीन जनालाई रोकी खानतलासी गर्दा लागु औषध गाँजा जस्तो देखिने ५ किलो ७५० ग्राम पदार्थ बरामद गरेको जनाएको छ
पक्राउ परेका पंचलाल माझी र मुकेश माझीले शरीरमा सेतो र टेपले बेरी लुकाई ल्याएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।
पक्राउ परेका सबै जनामाथि लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप भइ अनुसन्धान सुरु गरिएको पर्साले प्रहरीले जनाएको छ।