ट्रेन्डिङ

श्रीमानसँग झगडा भएपछि कलैयामा एक महिलाले गरिन आत्महत्या

कलैया । कलैया उपमहानगरपालिका १ कलैया गाउ मा एक महिला आफ्नै घरमा  झुन्डिएको अवस्थामा मृत भेटिएकी छन ।

कलैया उपमहानगर- १ कलैया निवासी करिब ३० वर्षीय मुनिता रामले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आफ्नो श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि उनी आत्महत्या गरेको जनाइएको छ ।

श्रीमानसँग सामन्य झगडा भएपछि उनी आत्महत्या गरेकी बारा प्रहरीले जनाएको छ ।

मुनिता झुन्डिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाइ खबर गरेको थियो ।

त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेर  उनको उद्धार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा लगेको बारा प्रहरीले जानकारी दिएको छ । मृतक रामको ३ वटा छोराहरु छन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै