ट्रेन्डिङ

पर्सा गम्हरीयाका साह २ किलो भन्दा बढी अफिमसहित बारा अमलेखगञ्जबाट पक्राउ

बारा । बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध अफिमसहित एकजनालाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २ किलो ९९ ग्राम अफिमसहित एक जना पक्राउ गरेको हो ।

प्रहरीको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी सरोज प्रसाद साहलाइ पक्राउ गरेको हो ।

बारा जिल्लाको अमलेखगञ्जबाट प्रहरीले साहलाइ अफिमसहित पक्राउ गरेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।

उनका अनुसार अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले  हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलबाट लागु औषध अफिम फेला पारेको हो।

प्रहरीले साहको साथबाट प्र.२–०३–००९ प ३८७८ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।

जाँचको क्रममा सोही मोटरसाइकलको सिटमुनी लुकाई राखिएको अफिम जस्तो देखिने पदार्थ बरामद भएको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका साह र बरामद मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै