ट्रेन्डिङ

तोलामा २ हजारले बढयो सुनको मूल्य

जनकपुर । बुधबार सुनको मूल्य बढोत्तरी भएको छ ।

बुधवार सुनको मूल्य २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको छ । मंगलबार यो मूल्य १ हजार ८३० रुपैयाँ थियो ।

चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै