ट्रेन्डिङ

३२ किलो गाँजासहित बाराबाट एक जना पक्राउ

वीरगन्ज । ३२ किलो गाँजासहित बाराबाट एक जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जितपुरसिमरा-१ पथलैया चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको ना १ ह ८९६१ नम्बरको अटोलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा

अटोभित्र लुकाई छिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको बारा प्रहरीका डिएसपी बिजयराज पण्डितले बताए ।

प्रहरीले गाँजासहित हेटौँडा-१४ निवासी ४२ बस्ने सोम बहादुर मोक्तानलाई नियन्त्रणमा लिएको जनायो ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै