ट्रेन्डिङ

गोली हानी हत्या गरेपछि फरार अभियुक्त साधुको पहिरनमा भेटिए, १७ वर्षपछि पर्साबाट पक्राउ

वीरगन्ज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १७ वर्षदेखि फरार एकजना पुजारी अभियुक्तलाई पर्साबाट पक्राउ गरेको छ ।

१७ वर्षअघि विन्दवासिनीमा भएको हत्यामा संलग्न भइ फरार रहेका पुजारी अभियुक्तलाई सिआइबीले पर्साबाट पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीको टोलीले विन्दबासिनी गाउँपालिका– २ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई साधुको पहिरनमा पक्राउ गरेको जनाएको छ ।

उनलाई सोमबार पक्राउ गरिएको सिआइबीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ । प्रहरीका अनुसार उनी पक्राउ पर्दा पुजारीका रुपमा भेटिएका हुन ।

२५ वैशाख ०६४ मा पर्साको साविक बहुअर्वाभाडा– ५ बस्ने ढोडा मुखिया विनको हत्याको अभियोगमा अदालतले उनीमाथि सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको थियो ।

त्यसबेलादेखि उनी फरार रहेको पाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनेको छ । प्रहरीका अनुसार जग्गाको विवादमा छलफलमा बोलाएर गोली हानी हत्या गरिएको थियो ।

फरार तेली भारतको चम्पारण पिपरियामा रहेको रामजानकारी मन्दिरमा पुजारीको रूपमा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि तेलीलाई जिल्ला अदालत पर्सा पेस गरिएपछि उनलाइ कारागार चलानसमेत गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै