वीरगन्ज । आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले एक जना पुरुष पक्राउ गरेको छ ।
आफ्नो Gmail अकाउन्ट र Google Drive मा आफ्नै छोरीको अश्लिल तस्बिर राख्ने एकजना बाबु पक्राउ परेका हुन ।
नेकमेक (NCMEC) बाट Cyber Tipline Report 207962886 को आधारमा पर्सा प्रहरीले एकजना आफ्नै बाबुलाइ पक्राउ गरेको जनाएको छ ।
सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाइ पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री (Child Sexual Abuse Materials – CSAM) अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबाट हामीलाइ सूचनाका आएको थियो, सोही सूचना बमोजिम नेपाल प्रहरीको साइबर ब्यूरोसंग भएको समन्वयमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पीडकले अभियुक्तले आफ्नो Gmail अकाउन्ट र Google Drive मा अश्लिल तस्बिर राखेका थिए ।
उक्त अश्लिल तस्बिरबारे नेपाल प्रहरीलाइ नेकमेकले जानकारी गराएको थियो ।
यसरी नेकमेक (NCMEC) बाट सूचना आइसकेपछि साइबर ब्यूरोले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो । प्रहरीलाइ प्राप्त विवरणअनुसार अभियुक्तले ……410, 970…26, र 9827…601 गरी तीनवटा मोबाइल नम्बरहरू प्रयोग गरेको देखिन्छ ।
यी सबैको विस्तृत विश्लेषणपछि प्रहरीले पर्सा जिल्लाको छपकैया प–१ का एक पुरुषलाइ पक्राउ गरेको हो ।
प्रहरी अभियुक्तलाइ यही २२ चैतमा नियन्त्रणमा लिएपनि सार्वजनिक भने मंगलबार गरेको हो ।
प्रहरीले उनको साथबाट सम्बन्धित भिडिओसमेत बरामद गरेको जानकारी दिएको छ ।
प्रहरीले उनीविरुद्ध करणी सम्बन्धी कसूर तथा विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ।
उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप भैसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।