ट्रेन्डिङ

सिरहामा १३ वर्षीया बालिकाको हत्या प्रकरण: २४ वर्षीय युवक प्रहरी हिरासतमा, अनुसन्धानका लागि सात दिनको म्याद थप

सिरहा । सिरहामा १३ वर्षीया बालिका गुलसना खातुनको हत्या अभियोगमा पक्राउ परेका २४ वर्षीय वीर बहादुर सार्कीमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट सात दिनको म्याद थप पाएको छ।

गोलबजार नगरपालिका–९ गोविन्दपुरका सार्कीलाई प्रहरीले फागुन २४ गते पक्राउ गरेको हो।

गुलसना फागुन २९ गते घाँस काट्न भनी घरबाट निस्किएकी थिइन् तर घर नफर्किएपछि चैत १२ गते उनकी आमा जेहदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा छोरी हराएको निवेदन दिएकी थिइन्।

त्यसै दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB), मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले गुलसनाको शव गोलबजार–९ स्थित घुर्मी खोलाको किनारमा प्लास्टिकको बोराभित्र फेला पारेको थियो।

सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

मृतक बालिकाका पिता बेचन अली छोरी हराउनु दुई दिनअघि मात्र वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै