ट्रेन्डिङ

रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागार चलान

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणको मुद्दामा रास्वपाका सभापति लामिछानेलाई भैरहवा कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई आज भैरहवा कारागार चलान गरेको हो।

सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए ।

अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै