वीरगन्ज । पर्साको ठोरीस्थित अमृतधारा छोटी भन्सार कार्यालय गएको तीन महिनादेखि बन्द छ ।
गएको पुस महिनाको दोस्रो सातादेखि ठोरीस्थित अमृतधारा छोटी भन्सार कार्यालय बन्द भएको हो ।
सञ्चालनमा आएको करिब ८ महिनामै ठोरीस्थित अमृतधारा छोटी भन्सार कार्यालय बन्द भएको जनाइएको छ ।
अमृतधारा छोटी भन्सार बन्द हुँदा खासगरी भारतको पश्चिम चम्पारणसहितका भागबाट ठोरी, माडी हुँदै चितवन, पोखरा, काठमाडौं, लुम्बिनी जानका लागि भारतीय पर्यटकहरु समस्यामा परेका छन ।
यधपी, भन्सार किन बन्द गरियो , कहिलेदेखि सञ्चालनमा आउँछ ? त्यसको कुनै ठेगान नभएको स्थानीय बताउँछन ।
भारतको पश्चिम चम्पारणमा करिब एक करोड बढी जनसंख्या छ ।