ट्रेन्डिङ

साढे ११ किलो भन्दा बढी चरेससहित बाराबाट एकजना पक्राउ

बारा । बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेससहित एकजनालाइ पक्राउ गरेको छ ।

जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर- २१ स्थितबाट ११.६८ किलो लागुऔषध चरेससहित एकजनालाइ पक्राउ गरेको हो ।

प्रहरीको टोलीले मोटरसाइकल र लागुऔषध चरेससहित मकवानपुर, थाहा नगरपालिका–६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा मोटरसाइकलबाट ठूलो परिमाणमा चरेस बरामद भएको  बारा प्रहरीको दाबी छ ।

हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा सिटमुनी लुकाइछिपाइ राखिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

तराजुमा तौल गर्दा प्लास्टिक सहित उक्त लागुऔषधको तौल ११.६८ किलो रहेको पुष्टि भएको छ।

पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै