चैत २६ गते मधेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले यहि मंगलबार मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले चैत २६ गते अर्थात् मंगलबार प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने कार्यतालिका तय गरेको हो ।

प्रदेशसभाको गतिरोध अन्त्यका लागि दलहरूबीच भएको छलफलको क्रममा प्रधानमन्त्री ओलीको सम्बोधनका विषयमा सहमति जुटेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले यसअघिनै अन्य प्रदेशहरूको प्रदेशसभामा समेत सम्बोधन गरिसकेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै