मधेस सभामा देखिएको विवाद सुल्झियो, प्रदेश भवनबाट २६ गते प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

जनकपुर । मधेश प्रदेश सभामा देखिएको विवाद सुल्झिएको छ । विवाद सुल्झिएसंगै अब प्रदेश सभाको बैठक चल्ने भएको छ ।

१२ दिनदेखि अवरुद्ध मधेस प्रदेश सभा अब सञ्चालन गर्ने सहमति भएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

मधेस सभामा आज बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसंगै प्रदेश सभाको विवाद सुल्झिएको जनाइएको छ ।

प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज विहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसंगै मधेस सभाको गतिरोध अन्त्य भएको जनाए ।

विपक्षी दलहरुले उठाएको माग सम्बोधनसहित तीन बुँदे सहमति भएपछि गतिरोध अन्त्य भएको सभामुख मण्डलको भनाइ छ ।

उनका अनुसार संसदीय छानविन समिति गठन गर्ने, अब बस्ने सदनको बैठकमा योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरुले जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्न दिने सहमति भएको हो ।

माओवादी केन्द्र मधेसका संसदीय दलका नेता भरत साहका अनुसार अनधिकृत तवरबाट योजनाको चिठी बिक्री वितरणबारे चैत २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानविन समिति गठन गर्ने निर्णय भएको छ ।

यसैगरी चैत २६ गते सदन सुरु गर्ने र प्रधनामन्त्री केपी शर्मा ओलीले सम्बवधन गर्ने सहमति भएको उनले जनाए ।

अनधिकृतरुपमा कमिसनका कारण योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दलहरु जसपा नेपाल र माओवादी केन्द्रले संयुक्तरुपमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका थिए ।

सोही विवाद समाधानका हेतुले सभामुखको कार्यालयले आज सर्वदलीय बैठक डाकेको थियो । यही १० चैतदेखि मधेस सभाको बैठक अवरोध हुँदै आइरहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै