जनकपुर ।मधेस प्रदेशसभाभित्रको विवाद सुल्झाउन आज फेरि सर्वदलीय डाकिएको छ ।
करिब १२ दिनदेखि मधेस प्रदेशसभामा विवादको भूमरीमा फसेको छ ।
प्रदेशसभामा देखिएको गतिरोध हटाउन आज पुनः सर्वदलीय बैठक बोलाइएको सचिवालयले जनाएको छ ।
सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा सत्तापक्ष र विपक्षी दलका नेता एवं सांसदहरुको उपस्थितिमा बैठक सुरु भएको छ ।
विभिन्न विषयमा छानबिन समिति गठन गर्ने माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गर्न थालेपछि सदन नै अनिश्चितकालका लागि स्थगित भएको छ ।
जनता समाजवादी पार्टी र माओवादी केन्द्रले चैत १० गतेको बैठकमा योजना खरिद विक्री भइरहेको मुख्यमन्त्री सतिशकुमार सिंहले कूटनीतिक मर्यादा विपरीत भारत भ्रमणमा गएको, सशर्त अनुदान लगायतको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको छैन ।