ट्रेन्डिङ

राजस्व बाँडफाँटको १२ अर्ब भन्दा बढी रुपैयाँ मधेस सरकारले पाउने

जनकपुर । मधेस सरकारले ठूलो रकम राजस्व बाँडफाँट बापत पाउने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७८ अर्ब रुपैयाँ राजस्व बाँडफाँट गरेको छ ।

जसमध्ये प्रदेशमा दोस्रो नम्बरमा बढी मधेस सरकारले राजस्व बाँडफाँट बापतको रकम पाउने अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि मधेश प्रदेशले १२ अर्ब ३५ करोड पाउने अनुमान गरिएको छ ।

पहिलो नम्बरमा कोशी प्रदेशले १२ अर्ब ३९ करोड पाउने अनुमान गरिएको छ ।

त्यस्तै, बागमती प्रदेशले ११ अर्ब ५२ करोड, गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड, कर्णालीले १० अर्ब २७ करोड र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ८७ करोड राजस्व बाँडफाँटको रकम पाउने अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले प्रदेश सरकारलाई ७८ अर्ब ५ करोड ५० लाख रुपैयाँ राजस्व बाँडफाँट बापत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै