काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृध्दि भएको जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा तोलामा १ लाख ८० हजार नाघेको छ ।
हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको जनाइएको छ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो ।
यसैबिच चाँदीको मूल्य भने घटेको छ ।
बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।