ट्रेन्डिङ

चुरे क्षेत्र तथा चाँदीखोलाबाट उत्खनन् गरिएका ढुङ्गा तथा बालुवासहित ४ वटा ट्याक्टर नियन्त्रणमा

बीरगन्ज । अवैध रुपमा उत्खनन् गरी ल्याउँदै गरेको ढुङ्गा तथा बालुवासहितका चार वटा ट्र्याक्टर रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

चन्द्रपुर नगरपालिका–४ स्थित गैंडाटार जाने बाटोमा उत्तरी भेगको चुरे क्षेत्र तथा चाँदीखोलाबाट अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गरी लैजाँदै गरेको अवस्थामा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले ना १ त ९९४८, ना २ त ३६६२, ना ५ त ८१४२ र ज १ त १०११ नम्बरको चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

ट्र्याक्टरसहित पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि चन्द्रपुर नगरपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै