ट्रेन्डिङ

तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीले चलाएको थियो ५८ राउन्ड गोली, १९२ पटक ब्ल्यांक फायर

२० जनालाइ लाग्यो गोली

काठमाडौँ । गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा ५८ राउन्ड गोली चलाएको छ ।

प्रदर्शनकारी हिंसात्मक बनेपछि गोली चलाउनुपरेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले बताएको छ ।

प्रहरीले चलाएको उक्त गोली २० जनालाई लागेको प्रहरीले पुष्टि गरेको छ । जसका अनुसार प्रहरीको गोली दुइ महिलासहित २० जनालाइ लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले जनाए ।

उनका अनुसार प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि शुक्रवार दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो राउन्ड गोली चलायो ।

आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको, ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको प्रहरीको भनाइ छ ।

प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रवार १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको बताए । 

त्यसपछि दुर्गा प्रसाईँ नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको आचार्यले बताए । प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाईँ र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रहरी दाबी छ ।

तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुङ्गामुढा समेत भएको प्रहरीले जनाएको छ । 

प्रवक्ता आचार्यले उक्त घटनापछि फरार रहेका दुर्गा प्रसाईँको खोजी कार्य जारी रहेको र हिंसात्मक गतिविधिमा संलग्नको पहिचान गरी नियन्त्रणमा लिइएको जानकारी दिए । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै