बारा । बारा प्रहरीले भन्सार छलीको आशंकामा साढे ३५ लाख भन्दा बढी मूल्यका सामानसहित ट्रक पक्राउ गरेको छ ।
प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट सामानसहितको ट्रक पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा विराटनगरबाट काठमाण्ठौँतर्फ जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकमा लोड रहेका खुद्रा सामानहरुको बिल शंकास्पद रहेकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
बरामद सामानको मूल्यांकन ३५ लाख ६२ हजार २ रुपैँया कायम गरिएको छ ।
सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।