काठमाण्डौँ । राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको छ ।
गृह मन्त्रालयले मृतक पत्रकार सुरेश रजक र प्रदर्शनकारी सबिन महर्जन दुवै जनाको परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो ।
शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर प्रदर्शनकारी महर्जनको मृत्यु भएको थियो । भने समाचार संकलनमा खटिएका पत्रकार रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो ।
दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।
स्रोतका अनुसार मन्त्रालयले सञ्चारमाध्यमहरूमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पनि गृहले दिएको छ । सोहीअनुसार कार्यालयले आवश्यक तयारी समेत थालिसकेको छ ।