ट्रेन्डिङ

रौतहटबाट काठमाण्डौँका लागि छुटेको सुमो दुर्घटना, ९ जना घाइते

घाइतेको अवस्था कस्तो ?

वीरगन्ज । रौतहटबाट काठमाण्डौँ जाँदै गरेको सुमो दुर्घटनामा परेको छ ।

गौरदेखि काठमाण्डौँका लागि छुटेको ना १ ज ५४८५ नम्बरको सुमो बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

सुमोको ब्रेक फेल भएर अनियन्त्रित हुँदा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ बतासे स्थित भीमफेदी कुलेखानी सिस्नेरी काठमाण्डौ सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुमो अनियन्त्रित भई सडकभन्दा १०० मिटर तल खोल्सामा खसेको हो ।

दुर्घटनामा सुमोमा सवार दशमध्ये ९ जना घाइते भएका छन् । दुर्घटनाबाट तीन जना गम्भीर, एक मध्यम तथा ५ जना सामान्य घाइते बनेका प्रहरीले जनायो ।

घाइतेहरुलाई उपचारका लागि काठमाण्डौँ पठाइएको छ । चालक प्रहरीको सम्पर्कमा रहेको तथा यसबारे आवश्यक अनुसन्धान भइहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै