काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिबाना तोकेको छ ।
तीनकुनेमा शुक्रबार पूर्व राजाको पक्षमा भएको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेको सहितका शीर्षकमा महानगरले पूर्वराजा शाहको नाममा शनिबार जरिबाना काटिएको हो ।
महानगरले शनिबार जरिबानासम्बन्धी विभिन्न पत्र जारी गर्दै यस्तो बताएको हो । हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर महानगरले छुट्टाछुट्टै जरिबाना तिराउने निर्णय गरेको छ ।