काठमाण्डौँ । नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको राजवादीको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार राजावादीको नाममा भएको गतिविधिको समीक्षा भयो र गृहमन्त्रीले घटना विवरण प्रस्तुत गरेका थिए । जसअनुसार शुक्रबारको घटनामा सबै कब्जा गर्ने उनीहरुको लक्ष्य देखियो, त्यसको सबै जिम्मेवारी पूर्वराजाले लिनुपर्ने उनको भनाइ छ ।
भिड अराजक देखिएको र घटनाप्रति आफूहरू गम्भीर भन्दै भर्त्सना गरेको पनि उनले बताए ।
उनले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि गलत मनासयका साथ अराजकता मच्चाउने कार्य भएको बताए । पूर्वराजाकै योजनामा आन्दोलन समिति बनाइएको कांग्रेसले दाबी गरेको छ । यस्तै कांग्रेसले वर्तमान संविधान पक्षधरको बैठक बोलाउने निष्कर्षसमेत निकालेको उनले बताए ।