ट्रेन्डिङ

रविन्द्र मिश्र र धवलशमशेर राणालाई रिहा गर्न राप्रपाको अल्टिमेटम

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई रिहा गर्न अल्टिमेटम दिएको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उनले जानकारी दिए ।

तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा बोल्ने नेताहरूले  रवीन्द्र मिश्र र धवलशमशेर प्रति सहानुभूति प्रकट गरेको एक नेताले जानकारी दिए ।

यदी उनीहरू पक्राउ नपरेको भए पर्याप्त प्रश्नहरू उठ्ने पनि ती नेताले जानकारी दिए । उनका अनुसार राजसंस्थाको लागि गरिने आन्दोलनको ग्रिप राप्रपाबाट फुत्किएको नेताहरूको निष्कर्ष छ ।

बैठकले तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ ।

शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

बैठकले तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै