काठमाण्डौँ । तीनकुनेमा भएको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे छानबिन गर्न माग गरिएको छ ।
राप्रपाले शुक्रबार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे छानबिन गर्न छुट्टाछुट्टै तीन आयोग गठन गर्न माग गरेको हो ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले हिजोको सम्पूर्ण घटनाको जिम्मेवार सरकार रहेको दाबी गरे । सो घटनाबारे नागरिक छानबिन आयोग गठन गर्न, मानवअधिकारवादीलाई पनि छानबिन आयोग बनाउन र सरकारले पनि न्यायिक आयोग गठन गर्नुपर्ने बैठकले माग गरेको बताए ।
शान्तिपूर्ण प्रदर्शनमा सहभागी रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पक्राउ गरेर फसाउने काम भएको उनले दाबी गरे ।