ट्रेन्डिङ

वीरगन्जमा दुईदिने ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न

वीरगन्ज । वीरगन्जमा आयोजित दुईदिने स्ट्रोक मास्टर क्लास आज सम्पन्न भएको छ ।

नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगन्ज, नेपाल स्ट्रोक एसोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

मकवानपुर र मधेसका चार जिल्लाका चिकित्सकहरूलाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) सम्बन्धी ज्ञान र उपचार प्रविधिबारे प्रशिक्षण प्रदान गरिएको थियो। शुक्रबार सुरु भएको यो मास्टर क्लासमा स्ट्रोकको उपचार विधि र रोकथामका उपायबारे जानकारी दिइएको आयोजक संस्थाले जनाएको छ।

नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाका अनुसार चिकित्सक, नर्स, फिजियोथेरापिस्ट, आपतकालीन सेवा प्रदायक तथा अन्य स्वास्थ्यकर्मीहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रमका सहभागी गीता शर्माका अनुसार मधेस प्रदेशमा पक्षघात न्यूनीकरण र स्ट्रोक उपचार सेवा प्रभावकारी बनाउन ज्ञान, सीप र स्रोतसाधनको अभाव पूर्ति गर्ने उद्देश्यले यो मास्टर क्लास आयोजना गरिएको हो ।

मास्टर क्लासमा पर्सा, बारा, सर्लाही, रौतहट, मकवानपुर लगायतका जिल्लाका चिकित्सक, नर्स तथा पारामेडिक्सहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमबाट महत्वपूर्ण ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै