काठमाण्डौँ । काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शुक्रबार दिउँसोदेखि जारी कर्फ्यू स्थगित भएको छ ।
शनिबार बिहान ७ बजेबाट कर्फ्यु स्थगित भएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै कर्फ्यू स्थगन भएको जानकारी गराएका हुन् ।
पहिलो सूचनामा शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्म मात्र कर्फ्यू आदेश जारी गरेको थियो। त्यसपछि शनिबार बिहानसम्म थप भएको कर्फ्यू स्थिति सामान्य बन्दै गएपछि स्थगित भएको हो ।
आन्दोलन अराजक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो ४ बजेपछि कर्फ्यू आदेश जारी गरेको हो। राति १० बजेसम्म पनि स्थिति सामान्य नबनेपछि कर्फ्यू शनिबार बिहान ७ बजेसम्मलाई थपिएको थियो ।