काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेर मृत फेला परेका छन् ।
आन्दोलनका क्रममा आगलागीमा परेको घरबाट लाइभ गरिरहेका एक पत्रकारको निधन भएको छ।
एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको प्रहरीले जनाएको छ ।
तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।
अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको