वीरगन्ज । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सकिएको छ ।
चैत ७ गतेदेखि सुरु भएको परीक्षा शुक्रबारबाट सम्पन्न भएको हो ।
एसईई परीक्षामा पर्सा जिल्लाबाट यो वर्ष करिब १० हजार परीक्षार्थी सहभागी छन ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ ।
न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।
लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गरिनेछ ।
सरकारले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।