काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढी भएको छ ।
शुक्रवारको लागि तोकेको मूल्य अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार यस्तो मूल्य प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँ रहेको थियो ।
यता चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । योसँगै चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन यो मूल्य २ हजार २० रुपैयाँ रहेको थियो । सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।