ट्रेन्डिङ

ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर पक्षका राजकुमार यादव विजयी

वीरगन्ज । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोइराला पक्षधर राजकुमार यादव विजयी भएका छन ।

बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कोइराला पक्षधरका यादव १११५ मत प्राप्त गर्दै विजयी बनेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी, नेपाली विद्यार्थी संघ (नेविसंघ) का आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत ल्याएका छन्।

यसैगरी, समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरिकिशोर यादवले ५६२मत, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मतप्राप्त गरेका छन्।

स्ववियु सभापति पदमा कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

शेखर पक्षको विजय

नव-निर्वाचित सभापति यादव नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोइराला समूहका हुन्।

पार्टीले नेविसंघको आधिकारिक उम्मेदवार नबनाएपछि उनले ‘नेपाल विद्यार्थी समूह’ नामक छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।

यादवलाई कांग्रेसका पर्सा जिल्ला नेता अजय द्विवेदी, प्रदेश सांसद श्याम पटेल, नेता अरविन्द गुप्ता, वैकुण्ठ श्रीवास्तव, नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारी, विकेश पटेल, नेविसंघको पूर्व जिल्ला अध्यक्ष विश्वास द्विवेदीलगायत नेताहरूले समर्थन गरेका थिए।

अन्य पदहरूमा पनि यादव समूहको वर्चस्व

स्ववियु सचिवमा यादव प्यानलकै मन्दिरा चौधरी ६७२ मत सहित विजयी भएकी छन्।

कोषाध्यक्षमा अंकित पटेल ८२२ मत सहित निर्वाचित भएका छन्।

यस निर्वाचनको परिणामले ठाकुरराम क्याम्पसमा शेखर कोइराला समूहको प्रभाव बलियो रहेको देखाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै