ट्रेन्डिङ

रौतहटमा नर्सिङ पढ्ने बाराकी छात्रा छात्रावासको बाथरुममा मृत फेला

वीरगन्ज । रौतहटको माधव नारायण नगरपालिकाको गजेन्द्र नारायण स्मृति अस्पतालमा अध्ययनरत एक छात्रा मृत फेला परेकी छन् ।

माधव नारायण -३ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत फेला परेकी रौतहट प्रहरीले जनाएको छ ।

रौतहट प्रहरीका अनुसार डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी बैठा मृत फेला परेकी हुन् ।

बाराको विश्रामपुर गाउँपालिका -५ घर भएकी उनी छात्रावासको बाथरुममा मृत फेला परेकी बताइएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले झुन्डिएको अवस्थामा छात्रा सुमन मृत फेला परेको जानकारी दिए ।

तर त्यसको बाबजुद पनि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै