ट्रेन्डिङ

ठाकुररामको मतगणना विवादबारे उच्च अदालत जनकपुरको आदेश, १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन

वीरगन्ज ।उच्च अदालत जनकपुर अन्तर्गत अस्थायी इजलास वीरगन्जले ठाकुरराम बहुमुखी क्याम्पसको सभापति चयन सम्बन्धी विवादमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद जोशीको इजलासले विपक्षी ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्जलाइ लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो।

अदालतले विपक्षी पक्षले आवश्यक प्रमाणसहित लिखित जवाफ पेश नगरे कानूनी प्रक्रिया अनुरूप निर्णय गरिने चेतावनीसमेत दिएको छ।

निवेदक पवन यादवले प्रतिवाद परमादेश माग गर्दै अदालतमा निवेदन दर्ता गराएका थिए।

अदालतले दुवै पक्षलाई सुनुवाइका लागि उपस्थित हुन आदेश दिएको छ।

यो मुद्दाको अर्को सुनुवाइ २०७९/१२/१४ गते तोकिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै