ट्रेन्डिङ

ठाकुरराम क्याम्पसको ७दिन पछाडि मतगणना प्रक्रिया अगाडि बढ्यो, अब केही बेरमा गणना सुरु

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना प्रक्रिया अगाडि बढेको छ ।

मतगणना रोकिएको ठीक७ दिन पश्चात बुधबार २ बजेदेखि मतणनाको प्रक्रिया अगाडि बढेको जनाइएको छ ।मतगणनाका लागि अहिले सहमति गराउने तथा ढोकाको सिलबन्दी खोल्ने काम भइरहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

यो प्रक्रिया सकिसकेपछि अब केही बेरमै मतपत्रको गणना गर्ने कार्य हुने बताइएको छ । स्ववियु सभापति तथा पदाधिकारी एव्‌म सदस्यका लागि गएको ५ गते मतदान भएको थियो । मतदान सकिए लगत्तै मतणना गर्न भनिएपनि विद्यार्थी संगठनहरुबिच सहमति नहुँदा ६ गतेदेखि मतगणना सुरु गरिएको थियो ।

तर ७ गते एउटा मतगणना केन्द्रमा मतपेटिका खोल्दा त्यसको सिल नम्बर मेल नखाएको भन्दै विवाद बल्झियो ।मुचुल्का उठाउने बेलामा उम्मेदवारका प्रतिनिधिहरुलाइ दिइएको सिल नम्बर र मतपेटिका खोल्दा अर्के सिल नम्बर भेटिएपछि विवाद चर्किएको थियो ।

यही विवादका कारण निर्वाचन समितिले सबै विद्यार्थी संगठनहरुको सहमतिमा मतणनाको कार्य स्थगन गरेको थियो । तर पर्सा जिल्ला प्रशासन कार्यालयमा लगातार चलेको छलफलका कारण आजदेखि मतगणनाको कार्य सुरु भएको छ ।

सिडिओ कार्यालयमा जिल्लाका राजनीतिक दल एवम् विद्यार्थी संगठनका नेताहरुले सहमति जनाएपछि जिल्ला प्रशासनको निर्देशनमा मतगणनाको कार्य अगाडि बढाइएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै