सिरहा । बोराभित्र सडेको अवस्थामा सिरहामा शव फेला परेको छ ।
गोलबजार नगरपालिका-९ घुर्मी खोलाको किनारमा बोराभित्र शव फेला परेको परेको प्रहरीले जनाएको छ ।
सिरहा प्रहरी प्रवक्ता बिरेन्द्र पासवानका अनुसार प्रहरी घटनास्थलमा पुगेर शव उठाउने काम गरिरहेको छ ।
तर फेला परेको शवको भने सनाखत हुन नसकेको उनी बताउँछन ।
प्रहरीका अनुसार शवको कसको हो ? भन्ने कुरा अहिले यकिन हुन सकेको छैन, त्यसकारण अहिले शवको सनाखत गर्ने काम भैरहेको छ ।
शवलाइ पोस्टमार्टमका लागि अस्पताल लैजाने काम भइरहेको प्रहरीले जनाएको छ ।