ट्रेन्डिङ

सातै प्रदेशमा नमूना हिरासत बनाउन सरकारलाई निर्देशन

काठमाण्डौँ । सातै प्रदेशमा एक/एक वटा नमूना हिरासत बनाउन सरकारलाई निर्देशन दिइएको छ ।

आईतबार सिंहदबारमा बसेको संसदीय समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले प्रत्येक प्रदेशमा एक/एक वटा नमूना हिरासत निर्माण गर्न सरकारलाई निर्देशन दिएको सभापति विमला सुवेदीले बताइन् ।

प्रहरी हिरासत र हिरासतसँग सम्बन्धित मानव अधिकारका विषयमा नीतिगत एवं कानूनी प्रबन्धहरु आवश्यकताअनुसार समयानुकुल सुधार तथा परिमार्जन गर्न उनको निर्देशन छ ।

समितिको तर्फबाट सभापति सुवेदीले प्रहरी हिरासतमा निर्धारित क्षमता भन्दा बढी थुनुवा नराख्ने गरी प्रहरी हिरासतको भौतिक व्यवस्थापनको समय सापेक्षित सबलीकरण गर्न, थुनुवामैत्री बनाउन, पारदर्शिता, जवाफदेहिता, नैतिकतासहितको श्रोत, साधनको समुचित व्यवस्थापनमार्फत हिरासतमा अपेक्षित मनोवैज्ञानिक वातावरण निर्माण गर्न संविधानको धारा २० मा रहेको न्यायसम्बन्धी हक र धारा २२ मा रहेको यातनाबिरुद्धको हक समेतको प्रचलनमार्फत हिरासतहरुमा मानव अधिकारको संरक्षण, सबलीकरण र प्रवद्र्धन गर्न एवं अध्ययन र अनुसन्धानका आधारमा प्रत्येक प्रदेशको उपयुक्त स्थानमा कम्तीमा एक/एक वटा नमूना हिरासतको निर्माण गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।

उनले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१, मधेस प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१, लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१ गरी तीन वटा प्रतिवेदनहरु समितिले पास गरेकाले प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था मिलाइदिन सभामुख समक्ष अनुरोध गर्ने निर्णय गरेको जानकारी दिइन् । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै