ट्रेन्डिङ

ठाकुररामको मतगणना विवाद बारे पर्साका सिडिओले भने– हामी हरेक पाटोबाट छलफल गर्‍यौं, अन्नतः मतगणना गर्ने सहमति भयो

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको रोकिएको मतगणनालाई निरन्तरता दिने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले बिहीबारदेखि स्थगन गरिएको मतगणनालाई पुनः निरन्तरता दिने सहमति भएको जनाइएको छ ।

शुक्रबार साँझ ठाकुरराम क्याम्पसमा रोकिएको मतगणनाबारे निर्क्यौल निकाल्नका लागि जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुसंग छलफल गरिएको थियो ।

उक्त छलफलमा भएको सहमति अनुसार अब मतगणनाको कार्यलाई अगाडि बढाउने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

उनका अनुसार छलफलमा यो सामान्य मानवीय त्रुटिका रहेको औल्याइयो । ‘त्यहीकारणले अब नयाँ ढंगबाट मतगणनाको कार्य अगाडि बढाउने निर्णय गरियो,’ उनले भने ।

उनका अनुसार कहिले गर्ने त्यो विषयमा क्याम्पस र निर्वाचन समितिको कार्यालयले छिनोफानो गरेर मिति घोषणा गर्ने सहमति गर्नेछ ।

मतपेटिकाको सिल नम्बरमा मेल नखाएपछि निर्वाचन समितिले मतगणनाको कार्यलाई एक सूचना जारी गर्दै स्थगन गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै