ट्रेन्डिङ

सिलबन्दी नम्बर मेल नखाएको विषयमा पर्साका सिडिओ अर्यालले भने- क्याम्पसको जनशक्तिबाट भएको सामान्य त्रुटि हो, हामी गणना गराउँछौं

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणनामा देखिएको विवाद सामान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

उनका अनुसार मतपेटिका सिल गर्ने क्रममा देखिएको यो सामान्य त्रुटि हो ।

‘यो गम्भीर त्रुटि होइन । यसलाइ सबै बसेर समाधान गर्न सकिन्छ ,’ उनले भने ।

क्याम्पसको जनशक्तिबाट भएको सामान्य त्रुटिका कारणले यो अवस्था आएको उनी बताउँछन । जुनकारणले असमझदारी बढेको उनको भनाइ छ ।

तर यो भनेजस्तो गम्भीर त्रुटि भने नभएको उनको ठहर छ । उनका अनुसार यसमा निर्वाचन समितिको पनि अलिकति लापरबाही देखिको छ ।

तर पनि यो त्यति ठूलो समस्या नभएको उनको प्रष्टोक्ति छ ।

उनी भन्छन- मतपत्र सुरक्षित छन, मतपेटिका सुरक्षित छन । हामी यो मतगणनालाइ निरन्तरता गर्छौ । तर क्याम्पस व्यवस्थापन र निर्वाचन समितिका पदाधिकारीहरुको दृष्टिकोण क्लियर हुनुपर्‍यो ।

हामी सबैलाइ सुरक्षा दिएर जसरी अनि मतगणना गराउँने तयारी अवस्थामा रहेको सिडिओ अर्यालको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै