ट्रेन्डिङ

पैसा लिइ एसईई परीक्षामा चिट चोर्नमा सहयोग गराउने निरीक्षकसहित दुइजना रौतहटबाट पक्राउ

रौतहट । रौतहटमा एसईई परीक्षामा पैसा लिइ चिट चोर्न सहयोग गराउने एकजना निरीक्षकसहित दुइजना पक्राउ परेका छन् ।

आफ्‌नो शरिरमा मोबाइल लुकाइछिपाइ परीक्षा हलभित्र प्रवेश गराएको आरोपमा एकजना निरीक्षकसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले रौतहट यमुनामाइ गाँउपालिका–५ स्थित श्री यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रका परीक्षा निरीक्षक र मौलापुर–५ को श्री लक्ष्मिनियाँ मावि मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पठाउने एकजनालाई कारबाही गरेको हो ।

यी दुबैजनालाई परीक्षाको मर्यादा भंग गरेको आरोपमा कारबाही गरिएको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।
उनका अनुसार यी दुबैजनाले खासगरी आज पहिलो दिनको परीक्षामा चिट चोर्नका लागि रकम लिएर परीक्षा हलमा मोबाइल प्रवेश गराएका थिए ।

रौतहट प्रहरीले योसंगै जिल्लाका विभिन्न केन्द्रमा एसईई दिन आउने परीक्षार्थीहरुलाई चेकजाँच गरेको थियो । सोही जिल्लाका विभिन्न केन्द्रमा चिट चोर्नका लागि परीक्षार्थीले शरिरमा लुकाइछिपाई ल्याएका ४२४ वटा मोबाइलसमेत बरामद गरेको जानकारी दिएको छ ।

पक्राउ परेका दुइ जनामाथि परीक्षाको मर्यादा भंग गरेको कसुरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै