
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको नयाँ मत परिणाम सार्वजनिक भएको छ ।
जारी मतगणनामा विहानको साढे बजेसम्ममा कुल १४०२ वटा मतपत्र गणना गरिएको छ ।
सभापति पदमा नेविसंघका बागी उम्मेदवार यादवले ३३२ मत प्राप्त गरेको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।
निर्वाचन समिति कार्यालय स्रोतका अनुसार गनिएको कुल मतपत्रमा अझ नेपाल विद्यार्थी समूहका सभापति पदका उम्मेदवार राजकुमार यादवको अग्रता कायमै छ ।
उनी ११६ मतले अगाडि लिडिङ गरिरहेको निर्वाचन समितिले स्रोतले जनाएको छ । त्यसपछि दोस्रो स्थानमा बिकास मण्डल छन ।
मण्डलले अहिलेसम्म २१६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
मतगणनामा नेविसंघका आधिकारिक उम्मेदवारको मत घट्दो क्रममा गइरहेको छ । अर्थात् उनी ओरालोतर्फ लाग्दै गइरहेको आँकडाले देखाइरहेको छ ।
चारवटा मतगणना केन्द्रमध्ये अहिले तीनवटामा मतपत्र गन्ने काम भइरहेको निर्वाचनको कार्यालयले जनाएको छ ।
एक नम्बरका मतगणना केन्द्रका प्रतिनिधिहरु नआइदिएको कारणले त्यो केन्द्रमा गणनामा ढिलाइ भएको जनाइएको छ ।